भ्यानसहित ६० लाख बढीको सामान बरामद

भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका ६० लाख ३१ हजार १०० का सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सो सामग्री बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित पक्राउ गरिएको बताए । उनले भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद राजश्व कार्यालय पठाएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?