सुतेको पनि तलब दिने अनौठो कम्पनी !

काठमाडौं । कुनै संस्था वा कार्यालयले आफ्ना कर्मचारीलाई काम गरेको तलब दिन्छन् । तर, संसारमा कर्मचारीलाई सुतेको पनि तलब दिइन्छ भन्ने खबरले तपाईलाई अचम्मित बनाउला ।

जापानको क्रेजी इंक नामको एक कम्पनीले आफ्ना सबै कर्मचारीलाई कार्यालयमै सुत्न अनुमति दिन्छ । साथै उसले सुतेको पनि पैसा दिन्छ ।

सो कम्पनीले आफ्ना कर्मचारीलाई नम्बर दिएको हुन्छ । सोही नम्बरअनुसार जो कोही कर्मचारी हप्तामा ५ दिन हरेक रात कम्तीमा ६ घण्टाका दरले सुत्न पाउँछन् ।

सुतेबापत एक कर्मचारीले एक वर्षमा तलब बाहेक ६४ हजार येन पाउने गरेका छन् । अझ रोचक कुरा त के छ भने, कम्पनीले आफ्ना कर्मचारी मज्जाले निद्रा पुगुन्जेल  सुतुन्  भनेर चेकजाँचसमेत गर्ने गरेको छ ।

कुनै कर्मचारीले पर्याप्त नसुती पर्याप्त सुतेको भनेर ढाँट्न नपाउन् भनेर कम्पनीले एयरवेय नामक एप बनाएर कर्मचारी सुते–नसुतेको अनुगमनसमेत गर्ने गर्छ ।

जापानमा धेरैजसो मानिस धेरैभन्दा धेरै काम गर्छन् । उनीहरू निकै कम समय मात्रै आराम गर्छन् । त्यसकै कारण उनीहरूको स्वास्थ्यमा समस्या नदेखियोस् भनेर उनीहरुले यस्तो नियम राखेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?