पशुपति शर्माको लुट्न सके लुट २, ‘जता नि चोर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लुट्न सके लुट २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर” बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

“लुटन सके लुट कान्छा” ल्याउँदा बिभिन्न अवरोध आएपछि युट्युवबाटै हटाएका शर्माले लुटतन्त्र र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने नयाँ गीत सार्वजनिक गरेका हुन्।

“जता नि चोर जेठा” मा पशुपति शर्माको आफ्नै लय शब्द र आवाज रहेको छ । उनले यो गीत मार्फत सार्वजनिक गरेका छन्।

दुर्गा पौडेलको निर्देशन तथा छायाँकनमा बनेको गीतको भिडियो नविन घर्तीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायक पशुपति शर्मा, घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्त, विपी पौडेल, ध्रुव शर्मा, कमल शर्मा, कृष्ण पौडेल र देवेन्द्र ढुंगाना लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?