सनराइज बैंकको नयाँ योजना, चलचित्र हेर्दा पपकन फ्री !

काठमाडौं । सनराइज बैंकले चलचित्र दर्शकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले क्यिुएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकन मानिया योजना’ ल्याएको हो । बैंकका अनुसार ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकको उक्त योजना अनुसार प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क प्राप्त गर्न सकिनेछ ।

सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकन निःशूल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।

साथै उक्त ‘सनराइज पपकन मानिया योजना’ तीन महिनासम्म संचालन हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?