राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको क्यान्सर रोगका कारण शुक्रबार निधन भएको छ ।

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण आज विहान निधन भएको हो । उनको आफ्नै निवासमा निधन भएको हो ।

उनलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो ।

२०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएका थिए ।

उनी २०७४ मा नेपाली राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?