जब कुकुरले जिउँदो मानिसलाई खाएर सक्यो…

काठमाडौं । कुकुर घरमा पाल्दा हामीलाई त्यसको धेरै माया लाग्छ । कुकुरका बच्चाहरु पनि ‘क्युट’ हुने गर्दछन् । केहि त तिनलाई आफ्नो परिवारको सदस्यभन्दा बढ्दा माया गर्दछन् । कुकुर अहिले एउटा सौखको लागि पनि पाल्ने गरिन्छ । तर जब कुकुरले डरलाग्दो व्यवहार देखाउँछ तब मानिसहरुका लागि खतरनाक साबित हुन्छ ।

यस्तै एउटा घटना भारतको झारखण्डस्थित रामगढमा भएको छ । त्यहाँका केहि कुकुरहरु एक व्यक्तिका लागि ‘काल’ बनेका छन् ।

उनीहरुले जिउँदै मानिसलाई खाएका छन् । यो घटना झारखण्डको रामगढ स्थित पुलिस स्टेशनबाट ५० मिटर टाढा भएको थियो ।

पुलिस स्टेशनको भान्सामा काम गर्नै एक मानिसलाई त्यहाँका कुकुरहरुले खाइदिएका छन् । कुकुरले टोकर मारेपछि उनको शरीरको सबै मासु पनि खाएका छन् ।

घटनास्थलमा  रगत र उनको कपडाका साथै कुकुरले खाएर छोडेको केहि मासुहरु फेला परेको थियो ।

मृतकका साथीका अनुसार ति व्यक्ति राती खाना खाएर सँगै सुतेका थिए ।

४ बजे विहान उठेर चिया पिइसकेपछि उनी बाहिर निस्किएका थिए । तर केहि छिनपछि मानिसहरुले कुकुरले कसैलाई टोकेको खबर सुनाएका थिए ।

त्यसपछि सबै जना घटनास्थलमा गएर हेर्दा सन्तोष उमराव नाम गरेका ति व्यक्ति मृत फेला परेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?