सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज पनि त्यहि मूल्य अर्थात ७६ हजार नै कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

प्रतितोला ८ सय ८० कायम भइ आज चाँदीको मूल्य पनि स्थिरता छाएको छ । बिहीवार पनि प्रतितोला मूल्य ८ सय ८० रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?