रोनाल्डोको गोलमा हारबाट जोगियो युभेन्ट्स

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ ।

बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो । एन्टी रबिकले ६१ औं मिनेटमा गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

थिएगो हर्नाल्डेज ७१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सिमित बनेको थियो । हारको नजिक पुगेको युभेन्ट्सलाई रोनाल्डोले जोगाए । दोस्रो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै उनले टिमलाई खेलमा फर्काउन सफल रहे ।

गत साता मात्र ३५ बर्षमा पुगेको रोनाल्डोले देश र क्लबका लागि ३५ खेलमा ३५ गोल गर्न सफल रहेका छन् । दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?