हरिणलाई खाना खुवाउँनु नै यी महिलाका लागि भयो खतरा !

काठमाडौं । जनावरको सेवा गर्नु र तिनीहरुलाई खाना खुवाउँनु पुण्यको काम मानिन्छ । तर अमेरिकाको कोलोराडोमा एक महिलाले जनावरहरुलाई खाना खुवाउँदा ५५० डलर जरिवाना तिर्नु परेको छ ।

ति महिलाले हिरणलाई घरको लिविंग रुममा बोलाएर खाना खुवाएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति महिलाको घर पछाडि जंगली हरिणको एउटा हुल आएको थियो ।

त्यसपछि महिलाले तिनीहरुलाई घरमा बोलाएर ब्रेड र फल खुवाइन् । भोकाएका हरिणले छिटो छिटो गरेर सबै खाए । यस बारेको भिडियो जब सोशल मिडियामा आयो तब हंगामा शुरु भएको थियो ।

यो बारेमा पार्क तथा वन्यजन्तु अधिकारीहरुले यस बारेमा थाहा पाउँनासाथ महिलालाई कारवाही गरे । Cpw Ne Region  ले आफ्नो ट्विटर अकाउण्टमा महिलाले खाना खुवाइरहेको भिडियो शेयर गर्दै जंगली जनावरलाई यस प्रकार खाना खुवाउँनु गलत भएको बताएको छ ।

तर कसैले भने कमेन्टमा पुण्यको काम भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?