आगलागीबाट १२ घरमा क्षति

हुम्ला, १४ माघ – सर्के गाउँपालिका वडा नं ७ रोडिकोट, कार्कीबाडामा आगलागी हुँदा १२ घर नष्ट भएका छन् उक्त आगलागीबाट खड्क कार्की, जयबहादुर कार्की र शेरबहादुर कार्कीका घरमा राखिएका घाँस पनि जलेको छ । सो आगो प्रहरीचौकीका जवान र स्थानीयवासीको सहयोगले नियन्त्रणमा लिइएको वडाध्यक्ष कृष्णबहादुर जोशीले जानकारी दिए हावाहुरीले छाना उडायोसहारा समूह संस्था हुम्ला सिमीकोटले चलाएको विकलाङ्गहरु रहने छात्रावासको छानो हुरीले उडाउँदा रु छ लाख क्षति पुगेको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले पीडितलाई राहत दिन जिल्ला प्रशासन कार्यालयसँग माग गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?