लिगमा आज तीन खेल हुँदै, को-को भिड्दै ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

लिगको अन्तिम चरणको खेलको दोस्रो दिन तीन खेल हुन लागेको हो । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे सुरु भएको छ । सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीबिरुद्द हिमालयन शेर्पा क्लबले अग्रता बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ शेर्पाले २–१ को अग्रता लिएको हो ।खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनायो ।

थ्री स्टार क्लब र च्यासल युथ क्लबबीचको खेल मध्यान १२ बजे सुरु हुनेछ । जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीचको खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?