कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

सिञ्जा । जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत ८०० रुपैयाँ र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन् ।

गाउँपालिकाबाट बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिए।

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पु¥याइएकोे जनाइएको छ । तर हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन् ।

यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषिध खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताए।

उनले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?