नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रममा नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उनका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति आपत्ति जनाइएको छ ।
प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र कोइरालाले आफूलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया