२१ मङ्सिर २०७९, बुधबार

मधेसको नेतृत्व काँग्रेस बाहेक अरु दलले गर्न सक्दैनन् : डा. महत

२०७४,भाद्र,३१,शनिवार १२:५१

0
Shares

काठमाण्डौं, ३१ भदौ ।नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा. प्रकाश  शरण महतले प्रदेश नं.२ मा नेपाली काँग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन । प्रदेश नं. २ को चुनावी अभियानबाट भर्खरै राजधानी फर्किएका डा. महतले शनीवार लोकपथ डटकम संग कुरा गर्दै नेपाली काँग्रेस मधेसी जनताको विश्वास पाएको पार्टी भएको जिकिर गरे ।चुनावी अभियानका क्रममा सम्पूर्ण प्रदेश नं.२ मा नेपाली काँग्रेसको जनलहर देखिएको बताउँदै डा.महतले एमालेको बिखण्डनवादी सोचलाई मधेसि जनताले अस्विकार गर्ने बताए ।मधेसको नेतृत्व गर्न काँग्रेस बाहेकका दलहरुले नसक्ने भन्दै गर्दै डा. महतले केही दलहरुले आचारसंहिता उल्लंघन गर्दै पैसाको बलमा पहिलो हुने दाबी गर्दै हिडेको बताए ।एमाले तर्फ संकेत गर्दै डा. महतले प्रदेश नं. २को निर्वाचन अभियानमा पैसाको चलखेल गरेर निर्वाचन प्रभावित पार्ने सपना नदेख्न आग्रह गरे ।प्रदेश नं. २ मा एमाले पहिलो पार्टी बन्ने एमाले अध्यक्ष केपि शर्मा ओलीको दाबीमा कुनै सत्यता नभएको डा. महतको भनाई थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ

बारा । यही मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेश विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको

ताजा समाचार

नेपाल नामिबियासँग पराजित
 २०७९,मङ्सिर,२१,बुधबार २१:४६