सार्कलाई च्यालेन्ज दिने यो माछा !

काठमाडौं । ठूला माछाहरु भन्ने बित्तिकै हामीलाई सार्क जस्ता माछाहरुको याद आउँछ । तर भारतको छत्तिसगढमा पाइएको एउटा माछोले ठूला माछालाई पनि टक्कर दिन सक्ने खालको छ ।

यो माछोको नाम क्याटफिस रहेको छ । यसको तौल १५० किलोग्राम रहेको छ । ठलो भएका कारण नै गाउँका मानिसहरु यस माछालाई तरवारले काटेर भाग टुक्रा बनाउँछन् ।

स्थानीय भाषामा भने यसको नाम बोध रहेको छ । यो माछा छत्तिसगढको इन्द्रावती नदीमा पाइन्छ । उक्त माछाको प्रजाती लोपोन्मुख अवस्थामा रहेको छ ।

किनभने माझीहरु इसलाई मारेर आफ्नो जीविकोपार्जनका लागि बेचिदिने गर्दछन् । यो माछोलाई बस्तरमा शार्क भनेर पनि बोलाउँने गरिन्छ ।

यसको वैज्ञानिक नाम बोमरियस रहेको छ । यो माछो बिना पानीमा पनि लामो समयसम्म बाँच्न सक्दछ । त्यसैले मानिसहरु यो माछोलाई जिउँदै किन्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?