४ वर्ष अगाडि मरेकी छोरीलाई अचानक भेटेपछि रोकिएनन् आमाका आँशु !

काठमाडौं । आजभन्दा ४ वर्ष अगाडि सन् २०१६ मा ७ वर्षमा अज्ञात रोगले मरेकी आफ्नी छोरीलाई एक महिलाले फेला पारेकी छिन् । यो घटना कोरियाको हो ।

एक कोरियन टिभी शो ‘मीटिंग यु’ मा दुबै आमा छोरीको भेट भएको थियो । आमा छोरीको भेट हुनुको कारण आजको वैज्ञानिक टेक्नोलोजी रहेको छ ।

टिभी शोमा मृत छोरी र आमाले एक अर्कालाई छोएर कुराकानी गरेका छन् । साथै उनीहरुले आमा छोरी सँगै खेले पनि । आमाले छोरीलाई धेरै माया गरिन् ।

मृत छोरीले आमासँग फेरी भेट्न आउँने वाचा पनि गरिन् । किनभने अब उनलाई आफूलाई लागेर मरेको रोगको अलिकति पनि दुखाई छैन ।

ति महिलाको नाम जांग जी सुँग रहोको छ भने छोरीको नाम नेइयान रहेको छ । दुई आमाछोरीको भेट टिभी शोमा भर्चुअल रियालिटीको माध्यामबाट भएको थियो ।

आफ्नी मृत छोरीसँग वैज्ञानिक टेक्निकद्वारा भएको कुराकानीमा ति महिलाले छोइन्, कुरा गरिन्, खेलिन् र छोरीलाई मायाँ गरिन् ।

भर्चुअल रियालिटीको माध्याबाट जांग जी सुंगकी छोरी नेइयानको पूरा शरीर, आवाज राखेर, र उनलाई पहिला जस्तो देखिन्थिन् त्यस्तै बनाइएको थियो ।

यो प्रविधिको नाम ‘७ डी टेक्नोलोजी’ हो । त्यसले पहिलाकै जस्तो असली अनुहार देखिन्छ र साँच्चिकैको जस्तो अनुभव गर्न सकिन्छ ।

टभीमा जब आमा जांग जी सुंगलाई तपाई आफ्नी छोरीलाई याद गर्नुहुन्छ भनेर सोद्धा उनले गर्छु भन्ने उत्तर दिएकी थिइन् ।

साथै मृत छोरी नेइयानलाई पनि आमाको याद आउँछ भनेर सोधिएको थियो । जसमा नेइयानले धेरै आउने गरेको बताएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?