हेर्नुहोस् फागुन २ गतेको राशिफल

वि.सं. २०७६ फाल्गुन ०२ गते । शुक्रबार । इ.स.२०२० फेब्रुवरी १४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तीथि– षष्ठी,२४ बजेर ०२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– चित्रा,१२ बजेर ५६ मिनेट उप्रान्त स्वाती । योग– गंड,२२ बजेर १४ मिनेट उप्रान्त वृद्धि । करण– गर,१३ बजेर ०८ मिनेट उप्रान्त वणिज,२४ बजेर ०२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुसल योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ६ बजेर ५४ मिनेटमा, सूर्यास्त १७ बजेर ५२ मिनेटमा । दिनमान २७ घडी ४९ पला । भ्यालेन्टाइन डे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाइनेछ । व्यापारमा स्रोतसाधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइलेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाइलेखाइमा सहपाठी हरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यावसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत् चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो कसिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दी आए पनि घरजग्गा तथा सवारीसाधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आइ औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीतसंगीत तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चिन पाइने हुनाले मानसम्मान पाइनेछ । ईच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोग पाइनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमुलक कामहरु हुनेछन् । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलाशका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगति हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुख्र्यौली धन तथा सम्पत्तिको प्रयोग मार्फत् मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा थप प्रगाढता थपिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । मायाप्रेममा नजिक भइ आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय कुर्नु नै राम्रो होला । सवारीसाधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातीत हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातीत हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तरपनि माया प्रेमको गाँठो कसिलो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?