काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफसम्म संकटाले ३-० को अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई अग्रता दिलाए । ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया