इरफान र करिनाको ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । विगत २ वर्षदेखि ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ ।

कमेडी र सेन्टिमेन्टस्ले भरिपूर्ण फिल्मको ट्रेलर दर्शकले अत्याधिक मन पराएका छन् ।

२ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट शुुरु भएर लण्डन यूनिभर्सिटीमा पुगेर सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्र अटाएका छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरिएको छ ।

२० मार्च सन् २०२० मा प्रदर्शन मिति तोकिएको फिल्ममा इरफान खान, राधिका मदान, करीना कपुर खान, दीपक डोबरियाल र डिम्पल कपाडिया लगायतको मुख्य भुमिका रहेको छ ।

छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा बनेको फिल्म होमी अदजानियाले निर्देशन गरेका हुन् ।
‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि इरफानले फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?