विप्लव नेतृत्वका नेता गोपाल पाण्डे नेकपामा प्रवेश

काठमाडौं। विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता गोपाल पाण्डे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । गोरखाका पाण्डे विप्लव नेतृत्वको नेकपाका स्वाङ्जा जिल्ला इन्चार्जको हैसियतमा रहेका थिए । बिहीवार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपाले जनयुद्ध दिवसको अवसरमा गोरखामा गरिएको कार्यक्रममा पाण्डेले पार्टी प्रवेश गरेको एक नेताले बताएका छन् ।

पाटि प्रवेश पश्चात कार्यक्रममा बोल्दै पाण्डेले विप्लव नेतृत्वको पाटीले क्रान्तिको बाँकी काम पूरा गर्न नसक्ने समेत बताएका छन् । पार्टीको बाँकी काम पुरा गर्नका लागि नै आफू नेकपामा प्रवेश गरेको पाण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?