कोब्रा धपाउँन जाँदा विषको फोहोरा निकालेपछि मच्चियो भागदौड

कठमाडौं । घरमा खतरनाक बिषवाला ४ फिट लामो कालो रंगको सर्प छिरेपछि मानिसहर त्यसलाई निकाल्न भन्दै सर्पको नजिक गएका थिए ।

तर कालो केब्रा सर्पले आफू नजिक आएको देखेर मुखबाटै विष निकाल्न थालेपछि मानिसहरुको भागाभाग भएको छ । यो घटना भारतको उत्तराखण्डस्थित विशालनगरको धर्मावाला गाउँमा भएको हो ।

घरमा कालो कोब्रा सर्प छिरेपछि वन विभाग तत्कालै त्यहाँ पुगेको थियो । तर वन विभागले पनि एक्त सर्पलाई आफ्नो काबुमा राख्न ३ घण्टाको समय लगाएको थियो ।

धर्मावालाका निशान चौधरीको घरमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यामले जनाएको छ । घरमा छिरेको कालो कोब्रालाई धपाउँन जाँदा विषका फोहोरा मुखबाट निकालेपछि सबैको भागदौड मच्चिएको थियो ।

वन विभागले कोब्रालाई ३ घण्टा लगाएर समातेपछि वनमा छोडिदिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?