‘आरआरआर’ले तोड्यो बाहुबलीको रेकर्ड, कमायो रिलिज अगाडि नै ३५० करोड

काठमाडौं । राजामौलीको निर्देशनमा बनेको बलिउड चलचित्र बाहुबलीले धेरै रकम कमाएर नयाँ किर्तिमान बनाएको थियो ।

राजमौलीकै निर्देशनमा बनेको ‘आरआरआर’ले प्रि रिलिज बिजनेसको मामिलामा बाहुबलिको रेकर्ड तोडेको छ । चलचित्रका बिभिन्न राइट्स बेच्नेको विषयलाई लिएर धेरै कुराहरुको चर्चा चलिरहेको छ । केहि टेरीटरिज फाइनल पनि भईसकेको छ ।

साथैफिल्म रिलिज हुनु अगाडि नै ४०० करोड भारतीय रुपैयाँ आएको छ । फिल्ममा आन्ध्र प्रदेश तथा तेलांगनाका राइट्स २१५ करोड भा्रतीय रुपैयाँमा बिक्री भएको छ ।

फिल्मले केरलको राइट्सको बदलामा भने १५ करोड भारतीय रुपैयाँमा पाएको छ । त्यस्तै फिल्मलाई ओभरसिज राइट्सको बदलामा ७० करोड भारतीय रुपैयाँ मिलेको छ ।

तामिल्नाडुको राइट्सको पनि कुरा पनि चलिरहेको र त्यसबाट पनि धेरै रकम मिल्ने अनुमान गरिएको बताइएको छ । दक्षिण भारतीय राज्य तामिल्नाडुलाई छोडेर अहिलेसम्म राइट्सको बदलामा ३५० करोड भारतीय रुपैयाँ फिल्मले पाइसकेको छ ।

बाहुबलीको रोकर्ड ‘आरआरआर’ले भारी अन्तरले तोडेको छ । यो चलचित्र ८ जनवरी सन् २०२१ म १० भाषामा रिलिज हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?