एनएमबि बैंकको ६ महिनामा १ अर्ब नाफा

काठमाडौं, १४ माघ । एनएमबि बैंकले चालु आर्थिक वर्ष ६ महिनामा १ अर्ब नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७० करोड नाफा कमाएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा कमाई करिब ४३ प्रतिशतले बढेको छ भने अन्य सूचकहरु समेत सकारात्मक देखिएका छन् बैंकले चालु आवको पुस मसान्तसम्ममा ८० अर्ब ५५ करोड निक्षेप संकलनगरी ७० अर्ब ९३ करोड कर्जा प्रबाह गरेको छ । बैंकको ६ महिनाको व्याज आम्दानी ४ अर्ब २५ करोड छ भने व्याज खर्च २ अर्ब ७५ करोड रुपैयाँ गरेको छ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब २६ करोड रुपैयाँ थियो बैंकको चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन अझै एक अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने छ । बैंकले गत वर्षको कमाईबाट बोनस घोषणा गर्न बाँकी छ । बैंकले जगेडा कोषमा ५ अर्ब २३ करोड राखेको छ बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ। । गत आबको सोही अवधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशत रहेको थियो । बैंकको प्रोभिजनमा ९ करोड ५६ लाख रुपैयाँ राखेको छ भने २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?