इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह एक खर्ब १३ अर्ब नाघ्यो

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह एक खर्ब १३ अर्ब नाघेको छ । गतवर्षको यसै अवधिमा ९६ अर्ब कर्जा प्रवाह गरेको बैंकको कर्जा प्रवाह १७ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले एक अर्ब ८३ करोड खुद नाफा कमाएको छ बैंकको खुद नाफा १५.४९ प्रतिशले वृद्धि भएको हो । गतवर्षको पुष मसान्तमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । पुष मसान्तसम्ममा बैंकले एक खर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने एक खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको थियो । बैंकको निक्षेप ११.३५ प्रतिशत तथा कर्जा १७.५४ प्रतिशतले वृद्धि भएको छ बैंकको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ यस अवधिमा बैंकको सिसिडि रेशियो ७८.४७ प्रतिशत छ । बैंकको कोषको लागत ६.२१ प्रतिशत तथा आधार दर ९.० प्रतिशत छ । स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?