तामिलको कपि भन्दै ओस्कार अवार्ड विजेता फिल्म प्यारासाइटको चर्काे आलोचना !

काठमाडौं । ९ फेब्रुअरी सन् २०२० मा भएको ९२ औँ ओस्कर अवार्ड पाएको दक्षिण कोरियन फिल्म प्यारासाइटले क्याटेगोरी बेस्ट पिक्चर, बेस्ट डाइरेक्टर, बेस्ट फोरन फिल्म तथा बेस्ट स्क्रीनप्ले पाएको थियो ।

तर अहिले शोसल मिडियामा प्यारासाइटमा भएको कन्टेन्ट टलिउड अभिनेता विजयको सन् १९९९ मा रिलिज भएको चलचित्र मिनसारा किन्नाबाट चोरी गरेको भन्दै चर्काे आलोचना भईरहेको छ । सोशल मिडिया ट्विटरमा मानिसहरुले चर्काे आलोचना गरिरहेका हुन् ।

साउथ टलिउड अभिनेता विजयको फिल्म मिनसारा कन्ना सन् १९९९ मा रिलिज भएको थियो । फिल्ममा कन्नन (विजय) र इश्वर्या मोनिका (कास्टेलिनो) को एकअर्कामा मायाँ बस्छ । तर इश्वर्याकी ठूली दिदि इन्दिरा देवी लव म्यारिजको बिरुद्धमा हुन्छिन् ।

त्यसै कारणले कन्ननले आफ्नो परिचय लुकाएर उनको घरमा बडिगार्डको काम गर्न थाल्दछन् । बिस्तारै बिस्तारै कन्ननका भाई वेत्री पनि उनकै परिवारमा कामदार र कन्नकी बहिनी पनि कुक बनेर बस्छिन् ।

इन्दिरा देवीले त्यो बारेमा थाहा पाउँदिनन् । बोन्ग जुनको डाइरेक्सनमा बनेको दक्षिण कोरियाली फिल्म प्यारासाइटमा पनि एक धनी र अर्काे गरिब परिवारको कहानीलाई समेटिएको छ ।

फिल्ममा एक गरिब परिवारका सबै सदस्य बिस्तारै बिस्तारै धनी परिवारको घरमा प्रवेश गर्दछन् । साथै फरक फरक कामका लागि गरिरहेका हुन्छन् । र धनी परिवारका मानिसहरुलाई एउटै परिवारका मानिसहरु भन्ने कुरा थाहा नै हुँदैन ।

यहि कारणले गर्दा नै सामाजिक सञ्जालमा अहिले प्यारासाइटले तामिल फिल्मको चोरी गरेर बनाएको भनेर चर्काे आलोचना भईरहेको हो ।

तर मिनसारा कन्नामा एक युवक र एक युवतीको प्रेम कहानी प्रस्तुत गरिएको छ भने दक्षिण कोरियाली फिल्म प्यारासाइटमा एक धनी परिवार र गरिब परिवारको बारेमा घोर पुँजिवादी समाजको बारेमा धनी र गरिबबीचको अन्तर देखाइएको छ ।

चलचित्र प्यारासाइटमा अन्त्यमा हिंसार अनौठो परिस्थितिहरुलाई देखाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?