काठमाडौं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे ।
खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । खेलको ५६ औं मिनेटमा जुमानुले दोस्रो गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा जुमानुले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दौ पुलिसलाई ३-० को सहज जित दिलाए ।
फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमानु यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यस्तै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ । लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ ।
पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया