भ्यालेन्टाईन डेः भित्रियो १ करोड ६० लाखको गुलाब

काठमाडौं । फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेका लागि नेपालमा करिव २ लाख थान गुलाब आयात भएको छ । जसको मूल्य १ करोड ६० लाख मूल्य बराबरको गुलाब भित्रिएको पुष्प व्यवसायी संघले जनाएको छ ।

नेपालमा मात्र नभएर विश्व मा नै फेब्रुअरी ७ बाट १४ सम्मलाई पे्रम सप्ताहको रुपमा मनाउने गरिन्छ । प्रेमी प्रेमीकाहरुले एक अर्कालाई प्रेमको प्रतिकको रुपमा रातो गुलाब दिएर प्रेम दर्शाउने गर्दछन् । तर नेपालको उत्पादनले बजारको माग धान्न नसकि छिमेकी मुलुक भारतबाट धेरै मात्रामा गुलाव आयात हुने गरेको छ तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्ने हो भने करिव १८ लाख रुपैयाँ बराबरको गुलाब नेपालले आयात गरेको थियो । भने यो एक हप्तामा मात्र १ करोड ६० लाख रुपैयाँ बराबरको गुलाब आयात भएको छ । जून अघिल्लो वर्षको यहि अवधिको तुलनामा ८ प्रतिशतले बढि हो । त्यस्तो त अघिल्लो आवको यस अवधिमा करिव १ करोड ५० लाख रुपैयाँ बराबरको गुलाब भित्रिएको तथ्यांकले देखाएको छ ।

हाल बजारमा प्रतिगोटा गुलाबको मूल्य ८० देखि १ सय रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्षको तुलनामा गुलावको मूल्य पनि बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । त्यस्तो त गत वर्ष प्रतिगोटा गुलाबको मूल्य ५० देखि ८० सम्म रहेको थियो ।

व्यवसायीका अनुसार हाल नेपालको कुल मागको करिव २५ प्रतिशत मात्रै नेपाली उत्पादनले धान्ने गरेको छ । भने बाँकी अन्य मूलूकबाट ल्याउनुपर्ने अवस्था रहेको छ । विशेषत नेपालमा पनि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन तथा काभ्रेमा करिव १ सय ५३ हेक्टर क्षेत्रफलमा गुलाब खेती हुँदै आएको छ । तर बजारको मागलाई धान्न नसकि अन्यत्रबाट गुलाब ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायीहरुले बताउँछन् । साथै कुल मागको करिव ७० प्रतिशत गुलाब भने काठमाडौं उपत्यकामा नै खपत हुने पनि उनिहरुको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?