जहाँका मानिस मरेपछि स्वर्ग जान यति धेरै खर्च गर्छन् !

काठमाडौं । हामीलाई मर्न डर लाग्छ । हरेक मानिसहरुले बाँच्नका लागि मानिसले ठूलो संघर्ष र त्याग गरेका हुन्छन् ।
तर प्रकृतिको नियम जन्मिएपछि कुनै न कुनै दिन सबैले मर्नैपर्छ ।

मरेपछि के हुने हो भन्ने डर हरेक मानिसहरुलाई हुन्छ । स्वर्ग वा नर्क कहाँ गइने हो भनेर जिउँदैमा मानिसहरु मरेपपछि केहि नराम्रो नहोस् भनेर बिभिन्न तरिकाका उपाय अपनाउँछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार भारतको हैदरावादस्थित राय नामको एक दुर्गम गाउँमा हिन्दू धर्मावलम्बीहरू मरेपछि स्वर्ग पुग्न पाऊँ भनेर जीवित छँदै लाखौँ खर्च गर्दछन्। यो उपाय राय गाउँका मानिसहरुका लागि एउटा संस्कार जस्तै बनिसकेको छ ।

त्यति मात्र होइन,उनीहरूले यसलाई एउटा विशेष पर्वकै रूपमा मनाउँने गर्छन् । उक्त गाउँका मानिस मरेपछि आफ्नो वंशका साथ एउटै घाटमा समाधिस्थ हुने चाहना राख्दछन् ।

त्यहि आफ्नो चाहनालाई पूरा गर्न त्यहाँका मानिसले जीवितै हुँदा पछि समाधि राख्न मिल्ने गरेर जमिन किन्ने गर्दछन् ।

त्यसपछि उनीहरूले आफ्ना परिवारका सदस्यलाई आफ्नो मृत्युपछि शव सोही ठाउँमा लगेर समाधि लगाउँन आदेश दिन्छन् ।

अहिले राय गाउँमा यस्तो कामको अगुवाई महाप्रस्थानम् नामक अन्त्येष्टि व्यवस्थापन संस्थाले गर्दै आएको छ । यसले सर्वसाधारणका लागि अन्त्येष्टि स्थलको व्यवस्था गर्छ ।

उनीहरू मानिसका लागि शान्त र सुन्दर ठाउँमा चिहान बनाउन मदत गर्ने गरी महँगो मूल्यमा जमिन किनबेचको व्यवस्था मिलाउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?