सेमिफाइनलको पहिलो लिगमा नापोलीद्वारा इन्टर मिलान पराजित

काठमाडौं । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा नापोलीले इन्टर मिलानलाई पराजित गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको पहिलो लिगमा नापोलीले इन्टरलाई १-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई जित दिलाउन फाबियन रुइजले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै नापोलीले फाइनल प्रवेशको बलियो सम्भावना बनाएको छ । अब दोस्रो लिग नापोलीको मैदानमा मार्च ५ मा हुनेछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?