गाउँ बस्न नदिने धम्की, युवती भन्छिन् “अब के गरौँ ?” जाहेरीपछि आरोपी फरार

पाँचथर । आफ्नै नातिनी पर्ने युवतीमाथि वर्षौँदेखि यौन शोषण गरेको विषय सार्वजनिक भएको छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा गत पुष २७ गते आफूमाथि वर्षौँदेखि यौन शोषण हुँदै आएको जाहेरी दिएपछि उक्त घटना बाहिरिएको हो ।

आफ्ना बाजे पर्ने अमृत योङ्या पटक–पटक योन शोषण गरेको र पछिल्लो पटकसमेत बलात्कारको प्रयास गरेको भन्दै लिखित जाहेरी दिएकी हुन् । पीडित युवतीले आफूमाथि योङ्याले १४ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरि दिएकी हुन् । आरोपि याङ्या अहिले फरार छन् ।

आफूहरुको आर्थिक अवस्था नाजुक भएका कारण योङ्याको परिवारमै आश्रित भई जिविकोपार्जन गर्नु परेकाले उनले वर्षौँदेखि गर्दै आएको यौन शोषण र बलात्कारको घटनालाई सार्वजनिक गर्न नसकेको पीडितको भनाई छ । पीडित युवतीको जाहेरीपछि योङ्याको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए ।

योङ्यालाई झापामा डकैती मुद्दासमेत परेको बुझिएको छ । उक्त मुद्दा अहिले चलिरहेको स्रोतले बताएको छ । उनले जिल्ला अदालत र उच्च अदालतमा उक्त मुद्दा हारी सकेको र मुद्दा सर्वोच्चमा पुगेको स्रोतले दावी गरेको छ ।

गाउँ बस्न नदिने धम्की, युवती भन्छिन् “अब के गरौँ ?”

आफूलाई योङ्या तथा उनको परिवारले गाउँ नजान दबाव दिने गरेका छन् । “कसरी गाउँ गएर बस्दी रहिछे हामी पनि हेर्छौँ भनेर भन्दै हिँड्छन् । त्यस्तो कुरा सुनाउन म भए ठाउँ मान्छे पठाउँछन्”, पीडितले भनिन्, “हामी त गोठाला खेताला गरेर खाने मान्छे । अहिले काम गरेर भरे खानु पर्छ । अब के गर्ने रु कहाँ जाने रु” पीडित युवतीले योङ्या परिवारले आफ्ना आमा, बावु र वहिनीहरु माथि समेत दुब्र्यवहार गरेको वताइन् ।

पीडितको पूरा परिवार नै योङया र उनका समर्थकका परिवारमा आश्रित हुनुपरेकाले पीडित युवती गाउँबाट विस्थापित हुनसक्ने र उनीमाथि सुरक्षा चुनौति समेत हुनसक्ने भन्दै केही स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

“आफ्नै इज्जतमाथि प्रश्न उठ्ने कुरा कसले बोल्छ ? मलाई फल्नोले यसो यसो ग¥यो भनेर कुन नारीले भन्न सक्छे ?”, पीडित युवतीको गुनासो छ, “तर वर्षौँसम्म पीडा र अत्याचार सहने मलाई नै गाउँ समाजमा नराम्रो पार्न बाजेको (पीडक भनिएका योङ्या) परिवार लागिपरे ।” पछिल्लो पटक गत पुष ९ गते योङ्याले युवती एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरेका थिए ।

तर पीडित युवतीले प्रतिवाद गरिन् । त्यसपछि उक्त विषय गाउँ समाजमा सार्वजनिक भयो । तर गाउँमा पीडित युवतीको चरित्र र नैतिकतामाथि योङ्या सहित उनको परिवारले प्रश्न उठाउँदै उनैलाई गलत सावित गर्न खोजेको पीडितको भनाई छ । यही विषयलाई लिएर पुष १४ गते गाउँमा छलफल पनि भयो ।

तर छलफलको विषय ‘अनैतिक ब्यवहार गरेको भनि आरोप लगाएको’ भन्नेमा अड्कियो । याङवरक–३ का वडाध्यक्ष मविन्द्र योङ्यासमेत सहभागी छलफलले आइन्दा दिनमा त्यस प्रकारको ब्यवहार भए कानूनबमोजिम कारबाही गर्नुपर्ने भनेर कागज नै ग¥यो । तर यस पटक पीडित युवती ‘कागज’ र आश्वासनमा अडिइनन् ।

“मैले पनि न्याय पाउँछु होला भन्ने हिम्म गरेर जिल्लासम्म आएँ”, पीडितले भनिन्, “मलाई पैसामा मिल्न दबाव आउने गरेको छ । खै ठूला नेताहरु रे, उहाँहरुले पनि मिल्नु पर्छ भने । मलाई बच्चैदेखि जबरजस्ती गर्नेलाई कसरी छाड्न ?”

किशोरावस्थामै बलात्कार र यौन हिंसाको शिकार भएकी उनले १६ वर्षको उमेरमा उक्त अवस्थाबाट मुक्ति पाउन छिमेकी गाउँका युवासँग विवाह गरेकी थिइन् । तर विवाह भएको केही समयपछि विदेशिएका श्रीमान न त फर्केर नै आए, न सम्पर्कमै रहे । त्यसपछि उनी माइतीमै गएर बसिन् ।

कमजोर आर्थिक अवस्थाका कारण आफ्ना बावु र माइतीले आफूहरु माथि दुब्र्यवहार भएको थाहा पाएपनि प्रतिवाद गर्न नसकेको पीडितको दुःखेसो छ । “आमाले बाजे त छोरी, नातिनी कोही नचिन्ने पशु छन् । जोगिएर हिँड्नु भन्थिन्”, पीडितले भनिन्, “हामी उसकोमा खेताला गोठाला नगएपनि कुटाई खानुपर्ने, गयो भने उसले जे भन्यो त्यहि मान्नुपर्ने ।”

पीडित युवतीले आफूमाथि वर्षौँदेखि भएको बलात्कार र यौन दुब्र्यवहार सार्वजनिक गर्ने वताएपछि योङ्याले आफूमाथि नै गाली बेइजतीको मुद्दा लगाउने र जेलमा हाल्ने पटक–पटक धम्की दिएको पीडितको गुनासो छ । “यो कुरा गाउँमा अरुलाई थाहा नभएको पनि होइन् ।

तर उनको परिवारका अघि बोल्ने आँट कसले गर्ने ?”, पीडितले भनिन्, “किन यस्तो अत्याचार सहेको भनेर गाउँलेले भन्थे । मैले हिम्मत गर्न सकेको थिइन् । म त दुई÷चार कक्षा पनि नपढेको मान्छे । के जान्नु, के बुझ्नु, कहाँ गएर भन्नु ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?