नेपाली क्रिकेटर सन्दिप आईपीएलमा, २० लाखमा किन्यो दिल्लीले

काठमाडौं, १४ माघ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले भारतमा आईपीएल क्रिकेट खेल्ने भएका छन् । उनलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । आइतबार भएको अक्सनमा सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको थियो । उनी आइपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बन्नेछन् । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाहलगायत खेलाडी रहेका छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी भित्र्याएको भन्दै ट्वीट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?