रजस्वला हुँदा महिलालाई गाउँबाटै लखेट्ने ठाउँ !

काठमाडौं । भारतको एउटा गाउँमा अनौठो परम्परा छ । जुन सुन्दैमा पनि अचम्म लाग्छ । भारतको आन्ध्रप्रदेशस्थित अनन्तपुर जिल्लाको रोला मण्डल गन्ताहल्लागोट्टी गाउँमा महिलाहरुलाई सुत्केरी भएको तीन महिना र रजश्वला भएको समयमा गाउँबाट नै निकालिन्छ ।

कादुगोल्ला समुदायका मानिस बस्ने गरेको यो गाउँमा १२० घरधुरी छन् । भारतीय सञ्चारमाध्यामका अनुसार त्यहाँका महिलाहरुले रजश्वला भएको पाँच दिनसम्म र बच्चा जन्माएको सुरुका तीन महिनासम्म गाउँमा नै बस्न पाउँदैनन् ।

जब ३ महिना पुग्छ, त्यसपछि घर फर्किनु अघि सुत्केरी महिलाले एउटा मन्दिरमा गएर आत्मशुद्धिको पूजा गर्नु पर्ने चलन रहेका छ ।

सञ्चारमाध्यमहरुका अनुसार महिलाको सुत्केरी हुने दिन आएसँगै उनलाई घरबाट निकालेर गाउँ भन्दा बाहिर बाँसले बनाइएको र ताडका पातले छाएको र छोपेको झुपडीमा लगेर राखिन्छ ।

बच्चा जन्मेपछि उक्त झुपडीमा तीन महिनासम्म राखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?