काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफु एसोसियट राष्ट्रको नम्बर एक बलर भएको बताएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि कीर्तिमानी जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले आफु नम्बर एक बलर भएको बताएका हुन् ।
अमेरिकाविरुद्ध ८ विकेटको जित निकाल्दा सन्दीपले ६ विकेट लिएका थिए । खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै सन्दीपले अफगानिस्तानका रशिद खान भन्दा आफु उत्कृष्ट भएको बताए ।
रशिदसँग जोडेर सोधिएको प्रश्नमा हास्दै सन्दीपले भने, उसलाई बिर्सनुस् । उनी टेष्ट खेलाडी हुन् । एसोसिएटमा म नै नम्बर वान हुँ ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यस्तै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने दोस्रो र नेपालको पहिलो खेलाडी बने । लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
टियु क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्धको खेलमा ६ विकेट लिएर कीर्तिमानी बनाएका हुन् ।
अमेरिकासँग भईरहेको खेलमा सन्दीपले घातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरेका हुन् । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन ओभर सहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।
यो पनि पढ्नुहोस् : सन्दीप नेपालबाट ओडिआईमा ६ विकेट लिने पहिलो खेलाडी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया