जमिन नहुँदा एउटा चिहान माथि अर्काे चिहान !

काठमाडौं । जन्मिएपछि मर्नु सबैले पर्दछ । तर मरेपछि अन्तिम संस्कारको लागि सानो टुक्रा जमिन पनि नपाउने बिडम्बना बंगलादेशको राजधानी ढाकामा रहेको छ।

त्यहाँको जनसंख्या धेरै भएको कारण  त्यहाँ लासका लागि कुनै पनि ठाउँ खाली छैन ।

त्यहाँको अवस्था यस्तो छ कि, एउटा लास गाडिएको ठाउँमा केही समयको अन्तरालमै अर्को शव गाड्नुपर्छ । त्यसैले ढाकामा शव गाड्नको लागि एउटा नियम लगाईएको छ ।

त्यहाँ कुनै पनि मानिसको लास गाडेको चिहान अस्थायी हुन्छ र त्यहाँ दुई वर्षपछि पुनः अर्को शव गाडिन्छ ।

त्यहाँ कुनै पनि चिहानको छेउमा एउटा बोर्ड हुन्छ र त्यहाँ उक्त चिहानमा अहिलेसम्म कुन-कुन व्यक्तिको लास गाडिएको छ भन्ने लेखिएको हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?