२०७८,बैशाख,२४,शुक्रवार

मानिस र मुसाको सम्बन्ध कहिले देखि ?


काठमाडौं । वैज्ञानिकहरूले गरेको एक सर्वेक्षणमा मानिस र मुसाको सम्बन्ध धेरै पुरानो भएको तथ्य फेला परेको छ । उक्त सर्वेक्षणबाट प्राप्त गरिएको अवशेष अनुसन्धानले मुसाहरू १५ हजार वर्ष अगाडिदेखि मानिसहरुसँग रहेको पत्ता लागेको हो।

समाज कृषि युगमा प्रवेश गरेपछि नै मुसा मानिसहरूको नजिक भएको हुनसक्ने बताइएको छ । अन्न पाइने भएपछि मुसाहरू मानिसहरूको घरमै बस्न थालेको बताइएको छ ।

फ्रान्सको राजधानी पेरिसमा रहेको नेसनल डि हिस्टोरे न्याचुरल्ले म्युजियमका वैज्ञानिकले दक्षिणी लेभान्टेमा भेट्टाएको मुसाको दाँतको अध्ययन गर्दा सो प्रतिवेदन आएको थियो।

पूर्वी भू-मध्यरेखीय सागर क्षेत्रमा मुसाहरुको धेरैबाहुल्यता रहेको उक्त प्रतिवेदनबाट पत्ता लागेको छ ।

प्रतिवेदनका अनुसार बिरालो र कुकुरको अस्तित्व भन्दा अगाडि नै मुसाको अस्तित्व रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,फाल्गुन,१,बिहीवार ०३:०३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३
महन्थले बाग्मतीमा सेलाएको मधेश मुद्दा
 २०७८,बैशाख,२४,शुक्रवार १४:२२