जहाँ २ फिटका मानिस धेरै छन् !

काठमाडौं । चीनको यो गाउँ एक किसिमले अनौठो लाग्दो नै छ । चीनको याङ्सी नामको उक्त गाउँलाई संसारमै २ फिटका मानिस बस्ने गाउँका रूपमा पनि चिन्ने गरिन्छ ।

त्यो गाउँमा धेरैजसो २ फिटका मानिस मात्रै बस्छन् । त्यो अनौठो गाउँ पहाडले घेरिएको छ । गाउँमा बस्ने करिब ४० प्रतिशत मानिस ज्यादै होचा र पुड्का छन् ।

त्यहाँका मानिसको उचाइ बढीमा ३ फिट १० मात्र इन्च छ । साथै उनीहरू २ फिट १ इन्चसम्मका होचा पनि छन् ।

गाउँकै धेरै मानिस होचा र पुड्का भएपछि अहिले वैज्ञानिकहरूले त्यस विषयमा चासो दिएका छन् । सन् १९९७ मा गरिएको एक अनुसन्धानका क्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको थियो ।

वैज्ञानिकले सोही माटोलाई होचोपनको कारण मानेका थिए । तर, त्यसपछि यो कुराको पुनः पुष्टि र थप अनुसन्धान भने हुन सकेको छैन ।

यस्तो अचम्मको गाउँ सन् १९५१ मा फेला परेको थियो । अहिले उक्त गाउँमा जम्मा ८० हजारजना मानिसहरु बस्छन् । त्यसमा झन्डै ३६ हजार मानिस होचा–पुड्का बस्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?