महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व चेक गर्ने अनौठो देश !

काठमाडौं । प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वास्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ । तर, के तपाईले प्रहरीमा भर्ती हुन महिलाको कुमारित्व नापिएको खबर सुन्नु भएको छ ? यदि छैन भने हामी तपाईलाई त्यो बारेमा जानकारी दिन्छौँ ।

इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्व जाँच गर्ने अनौठो चलन रहेछ । त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जिनिटी’ चेक गरिन्छ । चेकमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

अनौठो र रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई औँले’ जाँच भनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौनागङ्मा दुई औँला हालेर चेक गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए-नच्यातिएको थाहा हुने सञ्चारमाध्यामहरुको भनाई छ । ।

इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् ।

इन्डोनेशियामा प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारीरिक रूपले आकर्षक देखिनु पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?