पहिलो हाफमा शेर्पालाई अग्रता, जावलाखेलका गोलरक्षक अरुणलाई रातो कार्ड

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा १० खेलाडीमा सिमित जावलाखेलविरुद्ध शेर्पाले ३-१ को अग्रता बनाएको छ ।

खेलको पाँचौं मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भएको छ । जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्स बाहिर समातेपछी रेफ्री प्रकाश नाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड देखाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेर बिष्टले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसको केहि मिनेटपछि स्टेफेनले दोस्रो गोल गर्दै शेर्पालाई ३-१ को अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?