काँग्रेस नेता खड्कालाई मातृशोक, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, १४ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ खड्काकी आमा ९४ वर्षीया मायादेवी खड्काको आइतबार बिहान ४ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको हो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् नेपाली कांग्रेस मायादेवी खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनको निधनले लोकतान्त्रिक आन्दोदलमा क्षति पुगेको उल्लेख गरिएको छ स्वर्गीय खड्काका चार छोरा र ६ जना छोरीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?