करणी आरोपमा रामचन्द्र पक्राउ

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।

नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोमबार काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ रामचन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?