काठमाडौं । दरबारमार्गबाट स्कुटर चोरी गरेर लैजादै गर्ने एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । गारखा सुलीकोट गाउँपलिका १ का मिलन न्यौपानेलाई कलंकी चोकबाट पक्राउ गरेको हो ।
स्कुटर धनीले महानगरीय प्रहरी बृत्त दरबारमार्गमा हराएको भनि सूचना दिएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक कन्ट्रोल रुमले बा ४८ प ६१८६ हराएको भनि सर्कुलर गरेको थियो ।
उक्त स्कुटर कलंकी चोकमा खटिएका ट्राफिक प्रहरी अन्जन कार्की र सन्तोष दाहालले राति साढे ३ बजे नियन्त्रणमा लिएका हुन् । पक्राउ परेका व्यक्ति र स्कुटर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त दरबारमार्गमा बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया