बिमल मछिन्द्र क्लबमा आबद्व

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगर मछिन्द्र क्लबमा आबद्व भएका छन् ।

ए डिभिजन लिगको अन्तिम चरणको खेल अगाडी मछिन्द्र क्लबले राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमललाई क्लबमा आबद्व गरेको हो ।सम्झौतासंगै बिमलले लिगको अन्तिम खेल मछिन्द्रको जर्सीमा उत्रनेछन् ।

बिमलले लिगसँगै मोफसलका खेल समेत मछिन्द्रबाटै खेल्नेछन् । बैशाखमा हुने राष्ट्रिय लिगलाई हेरेर बिमललाई क्लबमा आबद्व गरिएको क्लबको भनाई छ ।

मछिन्द्रले फागुन ३ गते लिगको अन्तिम खेल खेल्दैछ । सोही खेलले यस बर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।

बिमलको अनुबन्धनसंगै मछिन्द्रले लिग अगाडी आर्मीमाथि मानसिक दबाब बढाएको छ । आर्मी २९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । मछिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?