काठमाडौं । इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कृष्णलाई कीर्तिपुर र हिमाललाई बालाजुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका ३, बरगदवाका २३ वर्षीय कृष्ण चौधरी र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ५, बन्डाघोलाका २४ वर्षीय हिमाल चौधरी छन् ।
महाशाखाका अनुसार उनीहरूले पर्वतका दिनेश पौडेललाई इटाली पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगेका थिए । उनीहरूले आफूलाई ‘रिलाइफ एजुकेसन एन्ड कन्सटेन्सी’को सञ्चालक बताएका थिए ।
रकम लिएर विदेशसमेत नपठाएको र सम्पर्कविहीन भएपछि पौडेलले प्रहरीमा जाहेरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया