‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको छ । प्रतिभाको उत्पादन गर्ने लक्ष्य सहित शुरु गरिएको प्रतियोगिता हो ।

‘नेपाल स्टार’ मा निर्णायकको भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त रहनेछन् ।

‘नेपाल स्टार’मा ५० लाख बराबरको पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल स्टारको उपाधी जित्नेले ३५ लाख पाउनेछ भने अन्य तीन जनाले ५-५ लाख प्राप्त गर्नेछन् ।

‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?