प्रेम प्रस्ताव अस्विकार गरेपछि युवतीले काटिदिइन् युवकको अनुहार !

काठमाडौं । एक तर्फको प्रेम कहिल्यै सफल हुँदैन र त्यो ठूलो घातक साबित हुन पनि सक्छ । त्यसैले युवा युवतीहरुमा एक आपसमा एकोहोरो प्रेमका कारण बिभिन्न घटनाहरु हुने गरेका छन् ।

यस्तै एउटा घटना भारतको बरेलीमा पनि भएको छ । बरेलीको हाफिजंगजमा कलेजकी एक छात्राले आफूसँगै पढ्ने एक युवकको अनुहारमा ब्लेडले आक्रमण गरेकी छिन् ।

ति युवतीले बारम्बार युवकसँग मनको कुरा शेयर गरेपनि युवकले उनको प्रपोज इन्कार गरेपछि उनले ति युवकलाई ब्लेडले प्रहार गरेकी हुन् ।

युवतीले विवाहको प्रस्ताव राखेपनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकि रहेको भन्दै युवकले ति युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहाँदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

युवक रगताम्य देखेपछि विद्यार्थीहरुले उनलाई अस्पताल लगेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?