अमेरिकाविरुद्ध नेपालको जीतसँगै सीते बाद्वारा रंगशाला निर्माणका लागि सहयोगको घोषणा

काठमाडौं। अमेरिकाविरुद्ध नेपालले शानदार जीत हात पारेपछि मधुसुधन पाठक सीते बा ले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।

सक्किगोनी हाँस्य टेलिसिरियलका कलाकार पाठकले नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत उक्त सहयोग रकमको घोषणा गरेका हुन् । उनले लेखेका छन्, आजको खेलमा हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीमले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशियालीमा ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सहयोग गर्ने घोषणा गर्दछु । यो ऐतिहासिक जीतको लागि नेपाली टीमलाई बधाई ।

 

बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । नेपालले विपक्षी टीमलाई सबैभन्दा सानो स्कोरमा समेट्ने विश्व कीर्तिमानसँग बराबरी गरेको छ ।

नेपालले अमेरिकालाई १२ ओभरमा अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?