काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत १२ औं चरणको अन्तिम खेल आज हुँदैछ । जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब आज भिड्दै छन् ।
खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदैछ । ११ खेलबाट १८ अंकसहित जावलाखेल अंक तालिकामा पाँचौं स्थानमा छ । हिमालयन शेर्पाविरुद्ध जित वा बराबरीले जावालखेल शीर्ष पाँचमा पर्ने पक्का हुनेछ ।
११ खेलबाट १० अंक मात्र रहेको हिमालयन ११ औं स्थानमा छ । १२ खेलबाट २९ अंकसहित आर्मी पहिलो र समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया