सेञ्चुरी बैंकको नाफा २५ दशमलव ४९ प्रतिशतले बृद्धि, यस्तो छ अरु विवरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको दोस्रो त्रैमासिकसम्म कुल ६५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको यहि अवधिको तुलनामा २५ दशमलव ४९ प्रतिशतले बृद्धि गरेको छ । साथै बैंकको तथ्यांक अनुसार कात्तिकदेखि पुस मसान्तसम्ममा बैंकले २७ करोड ९४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

हाल बैंकको कुल निक्षेप ६१ अर्ब २४ करोड तथा ऋण ५९ अर्ब ५० करोड रहेको छ । अघिल्लो आवको तुलनामा बैंकले ३ अर्ब २५ करोड निक्षेप बढाएको छ भने २ अर्ब ५७ करोड रुपैयाँ ऋण बृद्धि गरेको छ ।

त्यस्तै व्याज आम्दानी १४ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ । त्यस्तै यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा ० दशमलव ८४ प्रतिशतबाट बृद्धि भइ १ दशमलव ६७ प्रतिशतमा पुगेको बैंकले जनाएको छ । स्प्रेडदर ३ दशमलव ६३ प्रतिशत बाट ४ दशमलव ७६ प्रतिशतमा उक्लिएको छ । भने यस अवधिमा बैंकको आधारदर भने ११ दशमलव ५ प्रतिशतबाट गिरावट आइ १० दशमलव ३५ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?