यी २१ सपनाले तपाईको भाग्य बदल्छ

काठमाडौं । प्राय जसो हामी सपना देखिरहेका नै हुन्छौँ । सपना देख्नु सामान्य र स्वभाविक प्रक्रिया पनि हो । तर सपनाको विषयमा शास्त्र अनुसार बिभिन्न मतान्तर रहेको छ ।

शास्त्र अनुसार सपनाले भविष्यको बारेमा सूचना दिने गर्दछ । त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ मानिन्छन् ।

स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुने गर्दछन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।
कस्तो सपना देख्दा के हुन्छ ?

दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्दछन् भने अशुभ सपनाले काम विग्रिने गर्दछ र मिश्रित सपनाले मिश्रित नै फल दिन्छ ।

स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिएको सपनाको फल वर्षदिन भित्र मिल्न सक्छ भने दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै प्राप्त हुने स्वप्न ज्योतिषमा उल्लेख छ ।

चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्कालै मिल्ने गर्दछ । शास्त्रका अनुसार खराव सपना देखेपछि विहान उठेर अरुलाई त्यो सपनाका बारेमा बताउँदा त्यसको फल नाश हुन्छ ।

विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुने शास्त्रमा उल्लेख छ ।

१. नदीः सौभाग्य वृद्धि

२. रक्सिः धार्मिक कार्यमा रुची

३. गाईको दुध दुहेको देखेमा मनोकामना सिद्ध हुन्छ ।

. गाई देख्दाः भौतिक सुख हुने गर्दछ ।

५. टोपी देख्दाः मान सम्मान वृद्धि हुन्छ ।

६. विहीनीलाई देख्नुः परिवारमा प्रेमको शुरुवात हुनु हो ।

७. भाईलाई सपनामा देख्नुः नयाँ साथी बन्ने संकेत हो।

८. हात्तीमा सवार भएको देखेमा राज्यबाट लाभ तथा पदोन्नती हुन्छ ।

९. मह देख्नुः जीवन सहज बन्ने संकेत हो ।

१०. पैसा देखियो भने धन लाभ हुन्छ

११. आफ्नै मृत्यु देखेमा खराव रोगबाट मुक्ति मिल्छ ।

१२. रुद्राक्ष देखियो भने शुभ समाचार सुन्न पाइन्छ ।

१३. पति वा पत्नि देखेमा दाम्पत्य जीवन प्रेममय बन्छ ।

१४. स्वस्तिक चिन्ह देखियो भने धन लाभ हुन्छ ।

१५. सिंह तथा डमरु देखेमा सन्तान प्राप्ति हुन्छ ।

६. परेवा देखियो भने रोगबाट मुक्ति मिल्छ ।

१७. हरिण भागेको देखेमा लामो यात्रामा जानुपर्छ ।

१८. भैसी देख्नु धन प्राप्ति हुने संकेत हो ।

१९. सेतो नाग देखियो भने धन प्राप्ति हुन्छ ।

२०. बाघमा सवार भएको देखियो भने प्रतिस्पर्द्धामा विजय भइन्छ ।

२१. पूजा गरेको देखेमाः बनाएको योजना सफल हुन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?