काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ ।
नेपाल अहिले जवाफि ब्याटिङ गररिहेको छ । २ ओभरको खेल सकिएको छ । नेपालले २ विकेटको क्षतीमा ६ रन जोडेको छ । सुवास खकुरेल सुन्य रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा बोल्ड आउट भए ।
अमेरिकासँगको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी टिमबाट बाहिर रहेका छन् । ललित नारायण राजवंशी टिममा अटाएका छन् ।
दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् ।
पहिला खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो । यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।
नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।
ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया